बिर्तामोड-झापाको बिर्तामोडमा यातायात कार्यालय दक्षिण बिञ्जु मिडिया कर्नरको कार्यालय उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, झापाका अग्रज पत्रकार चन्द्र भण्डारीले संक्षिप्त समारोहका बीच कार्यालयको उद्घाटन गर्नुभएको हो ।
टेलिभिजन कर्मी विजय बरालले आफ्नै घर आँगन परिसरमा बिञ्जु मिडिया कर्नरको कार्यालय स्थापना गर्नुभएको हो । आकर्षक सजावट सहितको कार्यालयबाट कार्यसम्पादन गर्ने सञ्चालक बरालले बताउनुभयो ।

बराल लामो समयदेखि फोटोग्राफीको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । कार्यालय भवनको उद्घाटन गर्दै महासंघका पूर्व महासचिव भण्डारीले लगनशीलता र मेहनतले बराललाई स्थापित गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी र उपाध्यक्ष सुब्रत न्यौपाने आफ्नो धारणा व्यक्त गर्नुभएको छ । कार्यक्रमको सञ्चालन बिञ्जु मिडिया कर्नरका सञ्चालक रञ्जु प्याकुरेलले गर्नुभएको छ ।