१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिर्तामोडको एभरेस्ट होटलमा मृत भेटिए सागर



बिर्तामोड-झापाको हल्दीवारी गाउँपालिका १ गोलधाप घर भएका सागर बेस्रा बिर्तामोडको एउटा होटलमा बिहीबार राति मृत फेला परेका छन् ।

बिर्तामोड ४ को एभरेस्ट होटल एण्ड लजमा उनलाई मृत फेला पारिएको हाे । सागर धरान उपमहानगरपालिका १५ घर भई दुर्गापुरमा बस्दै आएकी मुना बिकसँग होटलमा बसेका थिए ।

सागर बेहोस भएपछि उपचारका लागि उनलाई राति नै हस्पिटल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनापछि प्रहरीले २३ वर्षीय बिक र होटल सञ्चालक यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिएको छ । उनीहरू अनारमनी प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार ००:००  ११ : ०७ बजे