१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चैतमा महाधिवेशन गर्न अध्यक्ष नेपालको प्रस्ताव



झापा–नेकपा एकीकृत समाजवादीले आगामी चैतमा पार्टीको महाधिवेशन गर्ने भएको छ । पार्टी कार्यालय तीनकुनेमा जारी सचिवालय बैठकमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन प्रस्ताव गरेका हुन् ।

यसअघि एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने जनाएको थियो । दुई वर्षअघि एमालेबाट अलग भएको एकीकृत समाजवादीभित्र अहिले नेताहरुको उमेर हदलाई लिएर विवाद छ ।

पार्टी विधानमा नेताको उमेर हद ७० वर्ष तोकिएपछि अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच मतान्तर बढेको हो । नेपाल र खनाल दुवै ७० वर्षनजिक छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ००:००  ६ : ३० बजे