१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमाले अध्यक्ष ओली असोज ४ गते झापा आउने



बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असोज ४ गते झापा आउने भएका छन् । गृह नगर दमकमा आयोजित कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली आउने तय भएको हो ।

राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटीले आयोजना गरेको समृद्ध नेपाल सुखी नेपाली बिषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा अध्यक्ष ओली आउन लागेका हुन् ।

युवा संघ नगर कमिटी अध्यक्ष विवेक शर्माले अध्यक्ष ओली आउने टुंगो लागेको बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले ११ हजार, तृतीय हुनेले ७,५०० र सान्त्वना हुने दुई जनाले जनही ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  १० : ०५ बजे