१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

‘उद्योगी व्यवसायी विदेश पलायन हुँदै’



बिर्तामोड-नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैँकका गर्भनरको निहित स्वार्थको चपेटामा उद्योगी व्यवसायी परेको बताएका छन् ।

नेपाल अलैँची व्यवसायी महासंघको आठौँ वार्षिक साधारणसभालाई शनिवार झापाको बिर्तामोडमा सम्वोधन गर्दै उपाध्यक्ष ढकालले व्यवसायिक हित र आर्थिक विकासका एजेण्डामा भन्दा पनि एकले अर्कालाई देखाएर जिम्मेवारीबाट भाग्ने काम भइरहेको बताए ।

लगानी संरक्षण गर्ने सरकारी नीतिको अभावका कारण दशौँ हजार उद्योगी व्यवसायी विदेश पलायन हुने अवस्था सिर्जना भएको जनाउँदै उपाध्यक्ष ढकालले वैदेशिक लगानी भित्रिने सम्भावना पनि सकिँदै गएको उल्लेख गरे ।

निर्यात गर्न सकिने अलैँची, चिया लगायतका कृषिजन्य बस्तुको उत्पादन बढाउन राज्यले लगानी गर्ने हो भने बर्सेनि हुने व्यापार घाटा कम हुने उपाध्यक्ष ढकालको विश्वास छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  १० : १६ बजे