झापा– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज विहान बस्दैछ । पार्टी कार्यालय सानेपामा विहान १० बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको टुंगो लगाउनुका साथै आगामी वैशाख १० मा हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसले चारजना मात्रै मन्त्रीको नाम पठाएकाे थियो । नेपाली कांग्रेसको भागमा आठ वटा मन्त्रालय परेका छन् ।