सुनसरी- हात्तीको आक्रमणबाट सुनसरीको बराह क्षेत्र नगरपालिका ५ स्थित सिमरवन जंगलमा एकजना वृद्धको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर बिष्टकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । जङ्गलबाट घाँस लिएर आइरहेका बेला हात्तीले बिष्टलाई आक्रमण गरेको थियो ।


















