१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

भारतीय बजारमाथिको परनिर्भरता अलैँचीको बजारीकरणका लागि मुख्य चुनौति : अध्यक्ष भट्टराई



बिर्तामोड-नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले भारतीय बजारमाथिको परनिर्भरता अलैँचीको बजारीकरणका लागि मुख्य चुनौति बनेको बताएका छन् ।

झापाको बिर्तामोडमा शनिवार आयोजित संघको आठौँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष भट्टराईले भारतीय बजारमा मात्रै भर पर्दा अलैँची उत्पादक किसान र निर्यातमा संलग्न व्यवसायीले अपेक्षित लाभ हासिल गर्न नसकिरहेको बताए ।

व्यापार घाटा कम गर्न सहयोग पुग्ने नेपालको प्रमुख कृषिजन्य उत्पादन अलैँची भए पनि सरकारले उत्पादन वृद्धि र बजारीकरणका लागि पर्याप्त सहयोग नगरेको अध्यक्ष भट्टराईको गुनासो छ ।

गत आर्थिक वर्षमा मात्रै १० हजार मेट्रिक टन अलैँची निर्यात भएको जनाउँदै अध्यक्ष भट्टराईले १० अर्बको हाराहारीमा विदेशी मुद्रा भित्रिएको तथ्याङ्क प्रस्तुत गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ९ : ५४ बजे