बिर्तामोड–इलामको रोङ गाउँपालिकास्थित किटेनीमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरीको टोली त्यहाँ पुगेको छ ।
पशुपतिनगर प्रहरीका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।
घटनास्थलबाट २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन् ।


















