मोरङ– नागरिकता विधेयकको विषयलाई लिएर काेसी प्रदेशका सांसदहरु बीच मंगलवार प्रदेशसभामा दोहोरी चलेको छ । एकले अर्कालाई गम्भीर आरोप लगाउने र असन्तुष्टि व्यक्त गर्ने छुद्र राजनीतिक खेललाई सांसदहरुले दोहोर्याएका छन् ।
आपसी विवाद र आराेप प्रत्यारोपमा सीमित भएको प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अर्को सूचना जारी नभएसम्म लागि बैठक स्थगित भएको हाे ।