१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बर्सेनि एक हजार भन्दाबढी नेपाली युवाले विदेशमा ज्यान गुमाउँदै



झापा-रोजगारीका लागि विदेश गएकामध्ये हरेक वर्ष एकहजार भन्दाबढी नेपाली युवाले ज्यान गुमाउने गरेका छन् । विभिन्न कारणले विदेशमा नेपाली युवाको मृत्यु हुने गरेको छ ।

रोजगारीका लागि गएकामध्ये गत आर्थिक वर्षको १० महिना अर्थात बैशाखसम्म १०३२ जना नेपाली युवाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०७८–७९ को एक वर्षको अवधिमा एक हजार चारसय ७९ जना श्रमिकको निधन भएको थियो । विदेशमा ज्यान गुमाउनेको तथ्याङ्क हेर्दा औषतमा दैनिक चार जनाको मृत्यु हुने गर्छ ।

आर्थिक वर्ष २०७७–७८ यता हरेक वर्ष एक हजार भन्दा माथि नेपाली श्रमिकको विदेशमा निधन भइरहेको छ । अहिले रोजगारीमा गएका श्रमिकको विदेशमा मृत्यु भएमा परिवारले सात लाख रुपैयाँ राहत पाइरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ००:००  ७ : ५९ बजे