बिर्तामोड-नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य चार रुपैयाँको दरले घटाएको हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नयाँ मुल्य तोकिएको बताए ।
निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको हो ।
नयाँ मूल्य अनुसार झापा, मोरङ, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा डिजेलको मूल्य १६१.५० पर्ने भएको छ ।
ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको छ ।