१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विराटनगरको सार्वजनिकस्थलमा गुट्खा, खैनी र चुरोट निषेध



मोरङ- विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरको नगरसभाले यस्तो निर्णय गरेको हो ।

नगरसभाको निर्णय अनुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको छ ।

केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवम् धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर भएको विषयमा छलफल गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार ००:००  ८ : ३० बजे