१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

चिकित्सक र कर्मचारीको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीको माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई बालुटार बोलाएर प्रधानमन्त्री दाहालले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बोलाएर समस्याको समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नियमित बढुवा लगायतको माग राखेर प्रतिष्ठानका चिकित्सक र कर्मचारी आइतबारदेखि आन्दोलनमा छन् । उनीहरु आन्दोलनमा गएपछि उपचार सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ८ : १५ बजे