८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

झापाको शिवसताक्षीबाट १२ जना जुवाडे पक्राउ



बिर्तामोड-जिल्ला प्रहरी कार्यालय झापाले शिवसताक्षी ११ नहरचोकस्थित चेतन दुलालको घरमा छापा मारेर सोमबार राति १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

दुलालको घरमा जुवा खेलाइने गरेको पूर्व सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । नगद ६६ हजार र १६ थान कौडा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका सबैजनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार ००:००  ११ : ०५ बजे