१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

बिर्तामोडमा महिला बलात्कृत, श्रेष्ठ पक्राउ



बिर्तामोड-झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ००:००  ५ : २९ बजे