बिर्तामोड- काभ्रेको पाँचखालमा एक व्यक्तिले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । पाँचखाल नगरपालिका–१२ का ३६ वर्षीय हरि माझीले २६ वर्षीया श्रीमती कुमारी माझीको हत्या गरेको प्रहरीले जनाएको छ ।
माझी परिवार स्थानीय देवीराज भेटवालको घरमा डेरा गरी बस्दै आएको थियो । घरायसी विवादका क्रममा हरिले श्रीमतीको टाउकोमा चिर्पटले हानेको प्रहरीको दावी छ ।
प्रहरी चौकी बालुवाका अनुसार धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान कुमारीको मृत्यु भएको हो ।