१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

इलाममा निर्माणाधीन प्रसारण केन्द्रका लागि जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय



इलाम-सरकारले गोदक सोयाक १३२ केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

इलाम नगरपालिका ९, १० र ११ मा निर्माणाधीन प्रसारण केन्द्रबाट दायाँ बायाँ १८ मिटर क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहण गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

१८ मिटर क्षेत्रभित्र पर्ने जग्गा र त्यसभित्र बनेका संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ७ : ५८ बजे