८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नेपालका १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप



झापा-सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । भदौ २७ गतेदेखि अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एचपिभी खोप अभियान सुरु हुने बताए ।

‘सातै प्रदेशका सात अस्पतालबाट एचपिभी खोप लगाउन अभियान सुरु हुँदैछ’, स्वास्थ्यमन्त्री बस्नेतले भने , ‘सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याइसकेको छ ।’

दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइनेछ । कोशी प्रदेशमा कोशी अस्पतालमार्फत खोप अभियान सञ्चालन हुनेछ । खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने छ।

क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीका अनुसार सन् २०२२ को सरकारीमा नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सर लागेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ७ : ३० बजे