१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डेंगु संक्रमितको निशुल्क उपचार गर्न नागरिक उन्मुक्ति पार्टीको माग



बिर्तामोड-नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को लिम्वूवान प्रान्तिय समितिले डेंगु नियन्त्रणका लागि पहल गर्न सरकारसँग माग गरेको छ ।

डेंगु प्रकोपका रुपमा फैलिएको जनाउँदै प्रान्तिय समितिले प्रभावकारी नियन्त्रण अभियान चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य धनबहादुर पङ्धाकले डेंगु नियन्त्रणका लागि सरकार उदासीन भएकाले नियन्त्रणका लागि ध्यानाकर्षण गराइएको बताए ।

झापाको दमकमा भएको प्रान्तिय समितिको भेलाले पनि डेंगु नियन्त्रणका लागि माग गरेको थियो । नागरिक उन्मुक्ति पार्टीले डेंगु संक्रमित सबैको निशुल्क उपचार गर्न पनि सरकारसँग माग गरेको छ ।

झापासहित कोसी प्रदेशका जिल्लामा डेंगु प्रकोपका रुपमा फैलिएको छ । झापामा मात्रै सय जनाको हाराहारीमा संक्रमित भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  ९ : १२ बजे