१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

देशभरका कारागारमा ध्यान शिविर सञ्चालन गर्ने सरकारको तयारी



झापा-सरकारले देशभरका कारागारमा ध्यान शिविर चलाउने भएको छ । गृह मन्त्रालयले विपश्यना ध्यानलाई कारागारमा नियमित सञ्चालन गर्ने तयारी गरेको हो ।

कारागार सुधार योजना अन्तर्गत सरकारले कारागारमा विपश्यना ध्यानलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न लागेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले नख्खु कारागारमा विपश्यना केन्द्र स्थापना गरेर कैदीबन्दीलाई ध्यान गराउन सुरु गरिसकेको छ । केन्द्रमा नियमित कार्यक्रम सञ्चालन भइरहेको नख्खु कारागारकी जेलर कल्पना घिमिरेले बताइन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  ९ : १२ बजे