१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रथयात्रा हेर्न विराटनगर आउने भए बालेन



झापा-काठमाडौँका मेयर बालेन साह विराटनगर आउने भएका छन् । विराटनगरमा आयोजना गरिएको राधाकृष्ण रथयात्रा हेर्न साह आउने टुङ्गो लागेको विराटनगरका मेयर नागेश कोइरालाले बताए ।

रथयात्राको अवलोकन गर्न स्वदेशी तथा छिमेकी मुलुक भारतबाट ३१ जना मेयरहरु उपस्थित हुने भएका छन् ।

अवलोकनका लागि आउने स्वदेशी तथा विदेशी जनप्रतिनिधिहरुलाई रथयात्राका झाँकीहरुको अवलोकन गराइने छ भने महानगरले उनीहरुको स्वागत तथा सत्कार गर्ने छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ७ : ५२ बजे