१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लौरोले हानेर छोराद्वारा आमाको हत्या



झापा- सल्यानमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ माथिल्लो सल्यान चौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन ।

मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठामा गएर नवीनले लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्याको कारण खुलेको छैन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले हत्या गरेको आरोपमा नवीनलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

तीन दिनअघि मात्र शारदा नगरपालिका–१४ मा मकै बारीमा घाँस काट्न गएकी एक महिलाको घाँटी रेटी हत्या भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  ९ : ५१ बजे