१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हात्तीको आक्रमणबाट सतासीधाममा महिलाको मृत्यु



बिर्तामोड-हात्तीको आक्रमणबाट बुधबार झापाको शिवसताक्षी नगरपालिकामा एकजना महिलाको मृत्यु भएको छ । रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको हो ।

साँझ पौने ६ बजे भएको घटनामा ती महिलाका श्रीमान दिलिप भेटवाल घाइते भएका छन् । भेटवाल दम्पत्तिलाई हात्तीले आक्रमण गरेको र श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

प्रहरीका अनुसार भेटवाल दम्पति घाँस दाउरा गर्न आयोजना क्षेत्रभित्र गएका थिए । हात्तीको आक्रमणबाट घाइते ६२ वर्षीय भेटवालको चिन्ताजनक अवस्थामा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ००:००  ७ : ४५ बजे