झापा- बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि आक्रमण भएको हो ।
प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ । बाग्लुङका डीएसपी मदन केसीले पक्राउ परेका गौतमले किन आक्रमण गरे भन्ने खुलिनसकेको बताए ।
‘हामी अनुसन्धान गर्दैछौं। किन आक्रमण भयो भन्ने कारण अहिले नै पत्ता लागेको छैन,’ डीएसपी केसीले भने ।