१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

किशोरीलाई सात दिनसम्म बलात्कार गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ



बिर्तामोड–लगातार सात दिन १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा झापाको बाह्रदशीका एक युवक पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका–२ का अजय शर्मा खत्वे पक्राउ परेका हुन् ।

किशोरी बलात्कारको अभियोगमा बिहीवार दिउँसो शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शर्माले असोज १० देखि १७ सम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ती किशोरीलाई बलात्कार गरेको उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाले शर्मालाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानसहित कार्वाहीका लागि
जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ९ : १६ बजे