८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

किशोरीलाई सात दिनसम्म बलात्कार गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ



बिर्तामोड–लगातार सात दिन १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा झापाको बाह्रदशीका एक युवक पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका–२ का अजय शर्मा खत्वे पक्राउ परेका हुन् ।

किशोरी बलात्कारको अभियोगमा बिहीवार दिउँसो शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शर्माले असोज १० देखि १७ सम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ती किशोरीलाई बलात्कार गरेको उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाले शर्मालाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानसहित कार्वाहीका लागि
जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ९ : १६ बजे