बिर्तामोड-होटल व्यवसायी संघ झापाले होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ । झापाको बिर्तामोडमा शुक्रवार आयोजित १० औँ अधिवेशनको अवसर पारेर संघले श्रेष्ठलाई सम्मान गरेको हो ।
बिर्तामोड नगरकी प्रमुख पवित्रा महतारा प्रसाईले सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेकी छन् । लामोसमय फोटोग्राफीको क्षेत्रमा काम गरेर व्यवसायिक उचाई हासिल गरेका श्रेष्ठले २०७२ सालदेखि होटल व्यवसाय सुरु गरेका थिए ।
श्रेष्ठको लगानीमा झापाको बिर्तामोड र काँकडभिट्टामा होटल हिकोला हेरिटेज सञ्चालन भइरहेको छ । होटल व्यवसायको क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका कारण श्रेष्ठलाई सम्मान गरिएको संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।