मोरङ– स्रोत नखुलेको नौ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट बुधबारराति एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साह छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर–१० बाट राति साढे आठबजे पक्राउ गरिएको बताए ।
बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो । बरामद रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।