३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

यसरी विवादको घेरामा तानियो बिर्तामोडको इकोम कलेज



बिर्तामोड–पूर्व राजा ज्ञानेन्द्र शाहलाई आमन्त्रण गरेर तामझामका साथ पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको झापा बिर्तामोडको इकोम कलेज विवादको घेरामा तानिएको छ ।

कलेज उद्घाटनको शिलालेखमा श्री ५ महाराजाधिराज लेखेको पाइएपछि कलेज व्यवस्थापनले संविधान र प्रचलित कानून उलंघन गरेको विषयले सार्वजनिक रुपमा चर्चा पाएको हो ।

बहालवाला राजा सरह संविधानविपरीत कलेज व्यवस्थापनले शिलालेखमा श्री ५ महाराजाधिराज शब्द प्रयोग गरेको सरोकारवालाले औँल्याएका छन् ।

कलेजका संस्थापक अध्यक्ष आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई अविलम्व सच्याउने बताए । अध्यक्ष कार्कीले आफूहरु संविधानविरुद्ध नरहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ७ : ४८ बजे