५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

चैतमा ६१ हजार भन्दाबढी नेपाली वैदेशिक रोजगारीमा



झापा- चैत महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ६१ हजार ८१९ जना नेपाली श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।

विभागका तथ्याङ्कअनुसार म्यानपावर कम्पनीमार्फत ११ हजार ५५८ जना कामदार वैदेशिक रोजगारमा गएका छन् । त्यस्तै व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा ८ हजार ६५२ जना विदेशिएका छन् ।

पुनः श्रम स्वीकृतिका आधारमा सबैभन्दा धेरै ४१ हजार २७४ जना श्रमिक बाहिरिएका छन् । त्यसैगरी सरकारी-सरकारी (जिटुजी) माध्यमबाट ३३५ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार ००:००  ९ : १६ बजे