झापा– नेकपा एमालेले पार्टीको स्थापना दिवस यस वर्ष रचनात्मक कार्यक्रममार्फत मनाउने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले यसअघि तय गरिएका केही कार्यक्रममा समेत संशोधन गरेको छ । निर्णयअनुसार देशभरका सबै जिल्ला कमिटीले वैशाख ९ गते अनिवार्य रूपमा रचनात्मक कार्यक्रम आयोजना गर्नेछन् ।
उपत्यकाभित्र भने सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा विशेष कार्यक्रम हुने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा वैशाख ७ र १२ गतेका लागि तय गरिएका कार्यक्रम स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
















