१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

न्युटन्समा कक्षा ११ का विद्यार्थीलाई स्वागत : अभिभावकसँग अन्तरक्रिया



बिर्तामोड-न्युटन्स एजुकेसन एकाडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै शनिवार अभिभावकसँग अन्तरक्रिया गरेको छ । शिक्षण अभ्यासमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक भूमिका हुने भन्दै न्युटन्सले सरोकारवालासँग छलफल गरेको हो ।

कार्यक्रममा विज्ञान तथा व्यवस्थापन विषयका विद्यार्थीलाई स्वागत गरिएको छ । पूर्वी नेपालको एउटा भरपर्दाे, विश्वसनीय र गुणस्तरीय शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित भएको न्युटन्सले विद्यार्थीको भविष्य निर्माणका लागि थप रचनात्मक भूमिका खेल्ने प्रिन्सिपल देवेन्द्र हुमागाई बताउँछन् ।

‘न्युटन्समा विश्वास गरेर नानीबाबु पठाउनु भएको छ । हामी उनीहरुको भविष्य निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षण अभ्यासमा सामेल गराउँछौँ’, अन्तरक्रियामा प्रिन्सिपल प्रसाईले भने । विद्यालय संस्थापक धर्मा पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थापक स्व. हरि प्रसाईको सम्झना
कार्यक्रमका प्रमुख अतिथि सेढाईले न्यटन्सका संस्थापक हरिकुमार प्रसाईको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रसाईको आठौँ महिनाको पून्यतिथि चलिरहेको छ । एउटा असल शिक्षासेवीका रुपमा प्रसाईको योगदान सदा सदाका लागि स्थापित छ । कार्यक्रममा सहभागीले प्रसाईलाई सम्झिदै उनले शैक्षिक क्षेत्रमा गरेको योगदान सधैँ स्मरणीय हुने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य ओमभक्त सेढाई गुणस्तरीय शिक्षाका लागि सधैँ सम्झिने एउटा अब्बल विद्यालयका रुपमा न्युटन्सको नाम आउने बताउँछन् । उनले विद्यार्थीको भावनात्मक संवेग बुझेर उनीहरुलाई सोही अनुसार शैक्षिक क्रियाकलापमा सहभागी गराउनु पर्ने बताए ।

कार्यक्रममा विद्यालय सञ्चालक आशिष प्रसाई, बिद्यालयका प्लस टु को–अर्डिनेटर केवल सापकोटा, प्लस टु का फिजिक्स शिक्षक लक्ष्मण गुरुङ, लेखा शाखाका खगेन्द्र कोइरालाले शिक्षण अभ्यासमा न्युटन्स, विद्यार्थी र अभिभावकको भूमिका, पालना गर्नु पर्ने नियम, लगायतका विषयमा अभिभावकलाई अवगत गराएका छन् ।

कार्यक्रममा अभिभावकका तर्फबाट राजेन्द्र चम्लागाईले आफ्नो धारणा राखेका छन् । विद्यालय इञ्चार्ज नोयल परेराले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ००:००  ११ : ४० बजे