५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

बिराटनगरमा सदस्य संस्थासँग राष्ट्रिय सहकारी बैंककाे अन्तरक्रिया



माेरङ-राष्ट्रिय सहकारी बैंकले बिराटनगरमा शनिबार सदस्य सम्मान एवम् सहकारीकाे वर्तमान अवस्था वित्तीय पहुँच तथा भावी कार्यक्रम विषयक अन्तरक्रिया आयोजना गरेको छ ।

काेसी प्रदेश मातहतका आफ्ना सदस्य संस्थालाई बाेलाएर राष्ट्रिय सहकारी बैंकले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हाे ।

सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरीकाे अध्यक्षतामा आयोजित कार्यक्रमकाे बैँकका पूर्व अध्यक्ष रमेशकुमार पाेखरेलले उद्घाटन गरेका छन् ।

बैँकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीले स्वागत गरेकाे कार्यक्रममा तालिम विभागका अधिकृत बल्लभ तिम्सिनाले राष्ट्रिय सहकारी बैंककाे पछिल्लो वित्तीय विवरण र भावी कार्यदिशा बारे आफ्नो प्रस्तुति राखिरहेका छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार ००:००  १२ : ०४ बजे