१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राजवंशी समुदायका पूर्णप्रसाद उच्च अदालतको न्यायाधीशमा सिफारिस



बिर्तामोड-कोच आदिवासी समुदायका पूर्णप्रसाद राजवंशी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । झापाको कचनकवल गाउँपालिका–३ स्थायी घर भएका राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । कोच आदिवासी समुदायबाट उच्च अदालतको न्यायाधीशमा राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाले बताए ।

राजवंशी कानुन व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीसमा सिफारिस भएका हुन् । सिफारिस सूचीमा उनीसँगै छ जना कानुन व्यवसायी पनि छन् ।

कचनकवलका अर्का स्थानीय रविचन्द्र ओझा उच्च अदालतको न्यायाधीशमा राजवंशी सिफारिस हुनु कचनकवलका लागि गौरवको विषय भएको बताउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ७ : ४३ बजे