१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

उर्लाबारी आगलागी घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो



झापा-मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधवार राति र बिहीवार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

मोरङ प्रहरीका अनुसार बिहीवार बिहान ६ः३० बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको छ । उपचारका क्रममा यसअघि तपन पण्डितको मृत्यु भएको थियो ।

तीनै जनाको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी–७ का दीपक कार्कीको सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ००:००  ९ : १७ बजे