१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

झापाबाट बाल यौन दुरुपयोग मुद्दाका फरार अपराधी पक्राउ



बिर्तामोड-बाल यौन दुरुपयोग मुद्दाका फरार अपराधीलाई झापा प्रहरीले शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर–२ का माइला भनिने होमबहादुर पाठक छन् ।

झापा जिल्ला अदालतले दोषी ठहर गरेका पाठक फरार थिए । २०७९ असार ७ गते अदालतले उनलाई एकवर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार २५ हजार क्षतिपूर्ति तिर्नु पर्ने फैसला पनि अदालतको थियो । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनलाई समातेको हो ।

अदालतको आदेश अनुसार पाठकलाई आइतवार कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार ००:००  ९ : ३९ बजे