बिर्तामोड-श्रमिकको ज्याला बढाइएकोप्रति निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । आर्थिक संकटको कहाली लाग्दो स्थितिमा सरकारले श्रमिकको तलव बढाएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको हो ।
सरकारले बिहीवार श्रमिकको ज्याला बढाएर १७ हजार ३०० बनाएको थियो । यसप्रति नेपाल उद्योग परिसंघले विज्ञप्ति निकालेर सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेको हो ।
एकतर्फी रुपमा श्रमिकको ज्याला वृद्धि गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न नसकिने परिसंघले जनाएको छ । निजी क्षेत्रको मनोवल गिरेका बेला ज्याला बढाइनु उपयुक्त नभएको परिसंघको ठहर छ ।