१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रहरी नियन्त्रणबाट हत्कडीसहित यसरी भागेका थिए लामा



बारा– बाराको टांगियाबस्तीबाट हत्कडीसहित फरार भएका सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार हतियारसहित पक्राउ परेका लामालाई स्थानीयले नियन्त्रणमा लिएर भगाएका थिए ।

स्थानीय र प्रहरीबीच झडप हुँदा उक्त घटना भएको थियो । घटनामा प्रहरीका वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाहीसहित दुईजना घाइते भएका थिए ।

लामालाई बाराको निजगढ बजारबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रमुख होवीन्द्र बोगटीले जानकारी दिए ।

वन्यजन्तु सिकारका लागि प्रयोग गर्ने गरेको एकथान बन्दुक र बाघका दाह्राजस्तो देखिने केही सामग्रीसहित लामालाई मंगलबार घरबाट नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिई फर्कने क्रममा स्थानीय बासिन्दासँग झडप हुँदा लामा हत्कडीसहित फरार भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ९ : २० बजे