झापा-नेकपा माओवादी केन्द्र कोसी प्रदेश सरकारमा नजाने भएको छ । मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णयमा माओवादी पुगेको हो ।
माओवादीका कोही प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा जाने विषयमा नसोचेको बताउँदै कार्कीलाई विश्वासको मत दिने जनाएका छन् ।
प्रदेशको स्थायित्व र केन्द्रीय गठबन्धनको मर्म अनुसार मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको आङवोले बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ । सोमबार बसेको दलको अनौपचारिक बैठकले विश्वासको मत दिने सहमति गरेको हो ।