पशुपतिनगर-नेपाल भारत सीमाको पशुपतिनगर नाकामा भारतीय रुपैयाँ सटही हुने भएको छ । राष्ट्रिय वाणिज्य बैँकले भारतीय रुपैयाँ सटही सुरु गर्न लागेको हो ।
दुई दिनअघि राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले पशुपतिनगर नाकामा भारतीय रुपैयाँ सटहीका लागि काउन्टर राख्न निर्देशन दिएका थिए । लगत्तै वाणिज्य बैँक पशुपतिनगरले प्रक्रिया सुरु गरेको हो ।
एकसातापछि भारतीय रुपैयाँ सटही गर्न सुरु गर्ने वाणिज्य बैँकका पशुपतिनगर शाखा प्रमुख राजन चौंलागाईंले बताए ।