१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार महासंघले लियो झापा गोल्डकपको संस्थागत सदस्यता



बिर्तामोड-नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्डकपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका वीच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो ।

संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्डकप सफल बनाउन सञ्चार क्षेत्रबाट थप हौसला र उर्जा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा मुलुकका चर्चित १० टिमवीच गोल्डकपको छैटौं संस्करण सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ००:००  १० : २४ बजे