बिर्तामोड– झापाको बिर्तामोडस्थित बिर्ता बजारमा मंगलबार साँझ भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १-०१-००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ताप्लेजुङ डुम्रिसेका ३६ वर्षीय भीमबहादुर तामाङकाे मृत्यु भएको छ ।
दुर्घटनामा पाथिभरा याङबरक-२ की ३१ वर्षीया सामना लिम्बु घाइते भएकी छन् । उनको चिउँडोमा चोट लागेको छ । घटनापछि अटो चालक भने फरार भएका छन् ।