१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु



बिर्तामोड- झापामा साउन महिनामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा भएका ५५ वटा दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १६ वर्षको एक जना र २५ वर्षदेखि माथिका चारजना रहेका छन् । मृतक सबै पुरुष रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा सात पुरुष र एकजना महिला गम्भीर घाइते भएको प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए । दुर्घटनामा ५४ पुरुष, २३ महिला र ५ जना बालबालिका साधारण घाइते भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिनामा ३ हजार ६ सय ४८ सवारी साधन कार्वाहीमा परेका छन् । सवारी कार्वाहीबाट ट्राफिक प्रहरीले २७ लाख ३३ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ००:००  ५ : ०३ बजे