१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भदौ १४ गतेदेखि ताप्लेजुङ् गोल्डकप



फुङलिङ- प्रथम ताप्लेजुङ् गोल्डकप फुटबल प्रतियोगिता भदौ १४ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता भदौ २० गतेसम्म चल्नेछ ।

फुङलिङस्थित भानु माविको मैदानमा प्रतियोगिता सञ्चालनको तयारी भएको हो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी आठ टोलीहरुको सहभागिता रहने छ ।

ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङले दर्शकका लागि करिब १० हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको बताए ।

ताप्लेजुङ् फूटबल संघका अध्यक्ष अशोक चेम्जोङका अनुसार प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ९ : २५ बजे