८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मेचीनगरका ज्येष्ठ नागरिकलाई छिट्टै भत्ता बाँड्ने नगर प्रमुख आश्वासन



काँकडभिट्टा– मेचीनगरका ज्येष्ठ नागरिकले यसै साताभित्र भत्ता पाउने भएका छन् । प्राविधिक कारणले नगर क्षेत्रका वृद्धवृद्धाको भत्ता रोकिएको थियो ।

नगर प्रमुख गोपालकुमार बुढाथोकीले यसै सातादेखि वृद्धभत्ता वितरण थालिने जानकारी दिएका छन् । चौमासिक किस्ताको रकम रोकिएपछि जेष्ठ नागरिकको टोली नगरपालिका पुगेको थियो ।

मेचीनगरको बृद्ध भत्ता वितरणमा महालेखा परीक्षक कार्यालयकाे प्रतिवेदनले बेरुजु देखाएपछि समस्या हुँदै आएको छ । काेष लेखा नियन्त्रण कार्यालयले बेरुजुको कारण देखाउँदै भत्ता रकम निकासा नदिएपछि समस्या भएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ८ : ३१ बजे