१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

‘सांगठनिक संरचना कमजोर बन्नुका पछाडि गठबन्धन संस्कृति कारक’



बिर्तामोड-संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता सुधिरकुमार सिवाकोटीले पार्टीको सांगठनिक संरचना कमजोर बन्नुका पछाडि गठबन्धन संस्कृति कारक रहेको औँल्याएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्वर–२, प्रदेश क र ख को संयुक्त सम्मेलनलाई शनिवार बिर्तामोडमा सम्मेलन गर्दै नेता सिवाकोटीले गठबन्धन गरेर अन्य दलको नेतालाई उमेद्वार बनाउँदा आफ्नो संगठन कमजोर धरासायी हुने बताए ।

एक्लै चुनाव लडेर आवश्यकताका आधारमा सरकार गठनमा गठबन्धन गर्न नेता सिवाकोटीले सुझाव दिए । ‘गठबन्धन गरेर अर्को दललाई उम्मेद्वार बनाउदा उक्त क्षेत्रको संगठन कमजोर हुँदोरहेछ’ नेता सिवाकोटीले भने, ‘गठबन्धनको प्रभाव झापामा खासै देखिएन ।’

केन्द्रीय बैठकमा वादविवाद हुनु स्वभाविक भए पनि वादविवाद बाहिर आउँदा कार्यकर्ता र जनतामा राम्रो सन्देश नजाने बताउँदै नेता सिवाकोटीले केन्द्र सङ्लिए तलका संगठन आफैँ सङ्लिने धारणा राखेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार ००:००  ९ : २२ बजे