१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विप्लव माओवादीका नेता कार्यकर्ता बाख्रापालन गर्ने तयारीमा



बिर्तामोड-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी कृषि उत्पादन, उद्योग र व्यवसायमा जोडिने भएको छ । नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउने गरी माओवादीले यस्तो योजना अगाडि सारेको हो ।

जिल्लागत कृषि उत्पादनका लागि योजनासहित पार्टी अगाडि बढेको नेकपा माओवादीका मेची व्यूरो इन्चार्ज सुमनसिंहले बताए । उनका अनुसार झापाका प्रत्येक पालिकामा कम्तीमा एक विघामा खेती गर्ने तयारी छ ।

माओवादी नेता कार्यकर्ताले इलाममा अकवरे, अदुवा र चिया खेती गर्ने भएका छन् । पाँचथरमा व्यवसायिकरुपमा बाख्रा पालनको योजना बनाइएको छ । झापाका राजमार्गका मुख्य स्थानमा ‘सी’ भान्सा सञ्चालन गर्ने माओवादी तयारी छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ००:००  ८ : १३ बजे