१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

बिर्तामोड १० मा चैत १६ देखि वडाध्यक्ष टोलस्तरीय फुटबल



बिर्तामोड–वडा खेलकुद विकास समितिको आयोजनामा चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता चैत १६ देखि २५ गतेसम्म हुने भएको छ । समितिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

प्रतियोगिता बिर्तामोड वडा नम्वर १० स्थित महेन्द्रज्योति माविको खेल मैदानमा हुनेछ । खेलाडी उत्पादन तथा खेल विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए ।

प्रतियोगिताको विजेताले नगद ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता २१ हजार प्राप्त गर्नुका साथै दुवै टिमलाई मेडल, ट्रफी र सम्मानपत्रले सम्मान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार पाउने जनाइएको छ ।

प्रतियोगिताको फाइनल खेलको दिन खुल्ला महिला म्याराथन दौड प्रतियोगिता पनि हुनेछ । पाँच किलोमिटर दूरीको उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः नगद ६ हजार, ४ हजार, २५ सय र १५ सय साथै मेडल र सम्मानपत्र पाउने नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ००:००  ११ : २३ बजे