१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

प्रचण्ड, खनाल र विप्लव बीच भेटवार्ता



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रमचन्द विप्लवबीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो । वार्तामा समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी एकता, समाजवादी कार्यक्रम लगायतका विषयमा छलफल भएको छ ।

शनिबार साँझ फेरि खनाल निवासमा पूर्व प्रधानमन्त्री खनाल र महासचिव विप्लव बीच भेटवार्ता भएको थियो । भेटवार्तामा समीक्षात्मक रुपमा अनुभव आदानप्रदान भएको नेता खनालले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  ९ : ०३ बजे