शिवसताक्षी-झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ४ देखि ११ गतेसम्म शिवसताक्षी नगरपालिकाको झिलझिलेमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा झापाका १५ पालिकाले सहभागिता जनाउने छन् । बिजेतालाई ७० हजार र उपबिजेतालाई ४० हजार पुरस्कार दिइने शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले बताउनु भयो ।
गतवर्ष विर्तामोड नगरपालिकाले आयोजना गरेको अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको थियो । प्रतियोगिता झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुनेछ ।